Aamsanchar

रोटरी–रोट्रयाक्ट मिडटाउनको नेतृत्व फेरियो, नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

Author Image
मङ्गलवार, साउन २६, २०८३

बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले रोटरी वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्वसहित १८ सदस्यीय १३ औं बोर्ड गठन गरेको छ। क्लबको अध्यक्षमा होमबहादुर कार्की रहेका छन्।
बोर्डको सचिवमा कोमल धानुका, इमिडियट पास्ट प्रेसिडेन्ट (आईपीपी) मा पुष्पाञ्जली सिन्हा ठकुरी, प्रेसिडेन्ट इलेक्टमा तुलसी मिश्र र प्रेसिडेन्ट नोमिनीमा सुजित वंशल रहेका छन्।
त्यसैगरी उपाध्यक्ष प्रथममा लक्ष्मण अग्रवाल र उपाध्यक्ष द्वितीयमा रोशन बुधाथोकी चयन भएका छन्। संयुक्त सचिवमा सन्नी गोयल, कार्यकारी सचिवमा सञ्जय अग्रवाल, कोषाध्यक्षमा जितेश अग्रवाल र संयुक्त कोषाध्यक्षमा सृजना थापा रहेका छन्।
क्लब एडमिन कमिटी चेयरमा जीपी पाण्डे, सर्भिस प्रोजेक्ट चेयरमा रत्ना बुधाथोकी र सदस्यता संयोजकमा राजीव जैन रहेका छन्। त्यस्तै, पब्लिक इमेज चेयरमा अर्पणा शर्मा, टीआरएफ चेयरमा शारदा रिजाल, सार्जेन्ट एट आम्र्समा चन्द्रप्रकाश बास्कोटा र टिचर को–अर्डिनेटरमा अग्नि सापकोटा (अनिल) रहेका छन्।
गठित नयाँ बोर्डले क्लबका सेवा तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउँदै समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्ने लक्ष्य लिएको छ।
कार्यक्रमका प्रमुख अतिथि एवम् रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले नवनियुक्त अध्यक्ष कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।
रोट्याक्ट क्लबमा पनि नयाँ नेतृत्व
सोही समारोहका बिच रोट्याक्ट क्लब अफ बिर्तामोड मिड टाउनको १२ औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२५/२६ का अध्यक्ष अमन मित्तलले नवनिर्वाचित अध्यक्ष अर्चना अधिकारीलाई पदीय जिम्मेवारी हस्तान्तरण गर्नुभयो।
रोट्याक्टका नवनियुक्त पदाधिकारीहरूलाई असिस्टेन्ट डिआरआर बाप्पा साहले शपथ ग्रहण गराउनुभएको थियो।
बोर्डको इमिडियट पास्ट प्रेसिडेन्ट (आईपीपी) मा अमन मित्तल र सचिवमा देव शर्मा रहेका छन्। यस्तै, रोटार्याक्ट लर्निङ फ्यासिलिटेटर तथा सदस्यता संयोजकमा विष्मा घिमिरे, उपाध्यक्षमा पियुष खेतान र कोषाध्यक्षमा चेतन जाजोदिया रहेका छन्।
सार्जेन्ट एट आम्र्समा सौरभ कर्ण, क्लब सर्भिस चेयरमा सञ्जय शर्मा, कम्युनिटी सर्भिस चेयरमा वर्षा भट्टराई, प्रोफेसनल सर्भिस चेयरमा आश्मा लुइँटेल र इन्टरनेसनल सर्भिस चेयरमा मिनेश अग्रवाल रहेका छन्।
त्यसैगरी, रोटरी फाउन्डेसन चेयर तथा पीआईसीमा सौम्य शर्मा, स्पेसल एरिया प्रोग्राम चेयरमा दिनेश खतिवडा तथा क्लब एडभाइजरमा शरद जोशी र सन्नी गोयल रहेका छन्।
नयाँ बोर्डले रोटरीका सेवा, सामाजिक उत्तरदायित्व तथा सामुदायिक विकासका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।

Views: 92

प्रतिक्रिया (०)