Aamsanchar

आज पनि विपक्षी दलका सांसदद्वारा प्रधानमन्त्रीको वि*रोध

Author Image
मङ्गलवार, साउन २६, २०८३

काठमाडौँँ  –  प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाहको विरोध भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक शुरु भएको घोषणा गर्नासाथ विपक्षी दलका सांसदले उठेर विरोध गरे।

त्यसपछि सभामुखले विपक्षी दलका सांसदलाई बोल्न दिए। सांसदहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्तिको विरोध गरे।

गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिपछि विपक्षीले उठेर विरोध गर्दै आइरहेका छन्। प्रधानमन्त्री शाहले त्यसबारे अहिलेसम्म प्रष्टीकरण दिन आवश्यक ठानेका छैनन्। सभामुख अर्यालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छैनन्।

Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर