Aamsanchar

कांग्रेस मन्त्रीहरूले राजीनामा दिँदै

Author Image
बुधवार, साउन २७, २०८३

विराटनगर- कोशी प्रदेशको सत्ता समीकरण फेरिएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ ।

नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीमा कांग्रेसका मन्त्रीहरूले बुधबार राजीनामा दिने भएका हुन् ।

 

कांग्रेसका कोशी प्रदेशसभा संसदीय प्रमुख सचेतक गोपाल तामाङका अनुसार आज कांग्रेस सरकारबाट बाहिरिने छ ।

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट एक राज्यमन्त्रीसहित ५ जना मन्त्रीहरू छन् ।

भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले राजीनामा दिनेछन् ।

Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर