दुबई । नेपाली कला र संगीतलाई विदेशी भूमिमा समेत निरन्तरता दिने उद्देश्यसहित दुबईमा छायांकन गरिएको नयाँ नेपाली म्युजिक भिडियो ‘फर्सी कुइएजै’ सार्वजनिक भएको छ।
रञ्जित रिजाल र सरिता अधिकारीको मुख्य अभिनय रहेको यस म्युजिक भिडियोमा नेपाली कलाकारहरूको सिर्जनात्मक प्रस्तुति देख्न सकिन्छ। विदेशमा रहेर पनि नेपाली कला, संगीत र संस्कृतिप्रतिको प्रेमलाई निरन्तरता दिँदै भिडियो निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।

‘फर्सी कुइएजै’ मा पाकिस्तानी चर्चित गायक आतिफ असलम र नेपाली गायिका बिना घलेको स्वर रहेको छ। गीतमा पदम बिसीको संगीत र नेत्र लम्सालको शब्द रहेको छ भने संगीत एरेन्ज तथा कम्पोज सञ्जय सिर्पालीले गरेका छन्।
गीतको भोकल रेकर्डिङ लामा प्रोडक्सनमा गरिएको हो भने मिक्सिङ तथा मास्टरिङ सञ्जय शिर्पालीले गरेका छन्। मुर्चुङ्गा डिजिटल स्टुडियोसँगको सहकार्यमा तयार भएको भिडियोको ग्राफिक तथा प्रमोशनल डिजाइन सरोज अधिकारीले गरेका छन्।

भिडियोको निर्देशन नरेशले गरेका छन् भने सिनेमाटोग्राफी नविन कुमार, सम्पादन इलियास शेख र निर्माण विकास तिवारीले गरेका छन्। भिडियोमा रञ्जित रिजाल, सरिता अधिकारी, आशिष पुरुष, विकास तिवारी, ज्याक जङ्ग थापालगायतका कलाकारहरूको अभिनय रहेको छ।
पेरेनिप मोशन पिक्चर्स प्राइभेट लिमिटेडको प्रस्तुति तथा निर्माणमा तयार भएको यो म्युजिक भिडियो दुबईका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको हो।
विदेशी भूमिमा रहेर पनि नेपाली कला र संगीतलाई माया गर्ने कलाकार तथा सर्जकहरूले नेपाली सिर्जनालाई अन्तर्राष्ट्रिय परिवेशमा प्रस्तुत गर्ने प्रयासस्वरूप भिडियो निर्माण गरिएको बताइएको छ। नेपाली कला, संगीत र कलाकारितालाई स्वदेशमा मात्र नभई विदेशमा समेत प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको यो प्रयासले दर्शकको सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ।
‘फर्सी कुइएजै’ अहिले दर्शकमाझ सार्वजनिक भइसकेको छ।


