Aamsanchar

सहारा नेपाल साकोसको निर्वाचनमा ८० जनाको उम्मेदवारी

Author Image
शनिवार, साउन ३०, २०८३

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी निर्वाचनका लागि उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरिएको छ। संस्थाको बिर्तामोड–चारपानेस्थित मुख्य कार्यालयमा रहेको निर्वाचन समितिले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो।

निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा छविलाल खतिवडा, भरतकुमार गिरी र उपेन्द्रप्रसाद ओलीले उम्मेदवारी दिएका छन्।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदका लागि पाँच जना र महिला उपाध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल, प्रेमप्रसाद पौडेल, ज्ञानुनाथ मैनााली, टेकनाथ खनाल (टंक) र हेमराज गिरी छन्। महिला उपाध्यक्षतर्फ पार्वता भारती गिरी, नर्वदा सग्र्रौला, हरिमाया सिग्देल, गुहेश्वरी बुढाथोकी र खीनमाया बस्नेतको उम्मेदवारी परेको छ ।

कोषाध्यक्ष पदका लागि पनि पाँच जनाले उम्मेदवारी दिएका छन्। कोषाध्यक्षमा लक्ष्मीप्रसाद आचार्य, दुर्गाप्रसाद भण्डारी, भीमबहादुर गिरी, भोला धिताल र विकास रिजाल प्रतिस्पर्धामा छन्।

निर्वाचन समितिले सदस्य पदका लागि समेत ठूलो संख्यामा उम्मेदवारी परेको जनाएको छ। खुला सदस्यतर्फ ४२ जना, महिला सदस्यतर्फ १० जना र लेखा सुपरिवेक्षण समितिका विभिन्न पदमा उम्मेदवारी परेको विवरण सार्वजनिक गरिएको छ।
निर्वाचन प्रयोजनका लागि उम्मेदवारहरूले दर्ता गराएको मनोनयनपत्रका आधारमा पहिलो नामावली प्रकाशित गरिएको निर्वाचन समितिले जनाएको छ। नामावलीमा उम्मेदवारको दर्ता नम्बर, उम्मेदवारी क्रम नम्बर, उम्मेदवारको नाम, प्रस्तावक तथा समर्थकको विवरणसमेत समावेश गरिएको छ।

सहारा नेपाल साकोसको निर्वाचनले संस्थाको आगामी नेतृत्व चयन गर्ने भएकाले अध्यक्षदेखि सदस्यसम्मका पदमा परेको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ। निर्वाचन प्रक्रियाअन्तर्गत सार्वजनिक गरिएको पहिलो नामावलीपछि दाबी–विरोध तथा अन्य आवश्यक प्रक्रिया पूरा गरी अन्तिम उम्मेदवारको टुंगो लाग्नेछ।

Views: 274

प्रतिक्रिया (०)