
काठमाडौं – नयाँ अनुहारलाई समेट्दै अफगानिस्तानले एसियाली खलकुदका लागि क्रिकेट टोली घोषणा गरेको छ । दर्विस रसुलीको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय अफगानिस्तानको टोलीमा ६ नयाँ खेलाडी रहँदा पाँच खेलाडीसँग १० भन्दा कम अन्तर्राष्ट्रिय खेलको अनुभव छ ।

अफगानिस्तानले नियमित कप्तान रासिद खान, रहमान्नुलाह गुर्बाज, अज्मतुल्लाह ओमरजाइजस्ता खेलाडीलाई भने बाहिर राखेको छ ।
टोलीमा नजिबुल्लाह जाद्रन र करिम जनतजस्ता अनुभवी खेलाडी पनि छन् ।

टोलीमा अफगानिस्तानका महान अलराउन्डर मोहम्मद नबीका छोरा हसन इसाखिलसहित मोहम्मद अक्रम, खालिद तानिवाल, इस्मत अलाम र फैसल शिनोजादाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।
एसियन गेम्स जापानको आइची नागोयामा सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म हुँदै छ ।
समूह ‘ए’मा अफगानिस्तानसहित नेपाल र जापान छन् । अर्को समूहमा हङकङ, मलेसिया र ओमान छन् । हरेक समूहका शीष दुईले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछन् ।
भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले यसअघि नै क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेका छन् ।
अफगानिस्तान एसियाली खेलकुदका पछिल्ला तीन संस्करणको रजत पदक विजेता टोली हो ।
अफगानिस्तानको टोली स् दर्विस रसुली (कप्तान), नजिबुल्लाह जाद्रन, करिम जनत, मोहम्मद अक्रम, हसन इसाखिल, खालिद तानिवाल, मोहम्मद इसाक ९विकेटकिपर० इमरान मिर, फैसल शिनोजादा, फरमानुल्लाह, इसमत आलम, नाङ्गेलिया खरोटे, अरब गुल मोमान्द, फरिदुन दाउदजाइ, अब्दुल्लाह अहमदजाई


