Aamsanchar

डेभिड वार्नरलाई एक हजार ५०० अस्ट्रेलियन डलर जरिबाना

Author Image
बुधवार, भदौ ३, २०८३

काठमाडौं –  मादक पदार्थ सेवन गरी गाडी चलाएको स्वीकार गरेपछि अस्ट्रेलियाका पूर्वब्याटर डेभिड वार्नरलाई एक हजार ५०० अस्ट्रेलियन डलर जरिबाना लगाइएको छ ।

अदालतले उनको कारमा ‘इन्टरलक डिभाइस’ जडान गर्न पनि आदेश दिएको छ । यो उपकरण जडान गरेपछि ड्राइभरको शरीरमा मदिराको मात्रा पत्ता लागेमा गाडी स्टार्ट हुँदैन ।

गत अप्रिलमा सिड्नीको पूर्वी क्षेत्रमा प्रहरीले वार्नरलाई रोकेर मदिरा परीक्षण गरेको थियो ।

प्रारम्भिक परीक्षणमा नतिजा पोजिटिभ आएपछि वार्नरलाई मारौब्रा प्रहरी चौकी लगेर पुनः परीक्षण गरिएको थियो । दोस्रो परीक्षणमा उनको रगतमा मदिराको मात्रा ०।१०४ रहेको पाइएको थियो, जुन कानुनी सीमाभन्दा दोब्बरभन्दा बढी हो ।

यो घटनाले विश्वभरका सञ्चारमाध्यममा चर्चा पाएपछि वार्नरले सार्वजनिक रूपमा ठूलो क्षति व्यहोर्नु परेको भन्दै उनका वकिलले थप सजायबाट छुट दिनुपर्ने तर्क गरेका थिए ।

अब वार्नरले ‘इन्टर लक डिभाइस’ जडान गरेपछि मात्रै पुनः कार चलाउन पाउनेछन् ।

Views: 59

प्रतिक्रिया (०)