Aamsanchar

अ*पहरणमा परेका युवाको स*कुशल उद्धार गर्ने इन्स्पेक्टर पुरस्कृत

Author Image
बुधवार, भदौ ३, २०८३

काठमाडौं  – प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज खत्री पुरस्कृत भएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले इन्स्पेक्टर खत्रीलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषित गर्दै पुरस्कृत गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको पिलर–४ मा कार्यरत खत्रीको टोलीले साउन २८ मा कलंकीबाट अपहरणमा परेका युवालाई सकुशल उद्धार र संलग्न सात जनालाई पक्राउ गर्न सफल भएका थिए ।

सोही घटनाको अनुसन्धानको सफल अपरेसन गरेको भन्दै कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले उनलाई पुरस्कृत गरेका हुन् । कार्यालयले यही घटनाको अनुसन्धानबाट पहिलो पटक औपचारिक रूपमा मुद्दा दर्तासमेत गरेको छ ।

Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर