Aamsanchar

प्रहरी इन्चार्जसँगको भिडियो भाइरल भएपछि युवतीले हालिन् जा*हेरी, प्र*हरीमाथि पनि छा*नबिन

Author Image
बुधवार, भदौ ३, २०८३

काठमाडौं  – काभ्रेको भकुण्डेवेशीमा प्रहरी चौकी इन्चार्ज र एक युवतीको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रकरणमा युवतीले प्रहरीमा जाहेरी दिएकी छन् ।

प्रहरी कर्मचारीसँगको भिडियो खिचेर सामाजिक सञ्जालमा फैलाउनेविरुद्ध ती युवतीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दिएकी हुन् । आफ्नो व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा गम्भीर असर परेको उनको जिकिर छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जाहेरीका आधारमा फौजदारी कसुरका रूपमा अनुसन्धान भइरहेको छ । प्रहरीले घटनालाई वैयक्तिक गोपनीयता उल्लंघन, साइबर अपराध तथा अभद्र व्यवहारलगायतका कानुनी कोणबाट हेरिरहेको छ ।

घटनामा ती प्रहरी कर्मचारीमाथि पनि प्रहरीले आन्तरिक छानबिन अघि बढाएको छ । काभ्रेका डीएसपी रविन विष्टको नेतृत्वमा गठित पाँच सदस्यीय समितिले श्रेष्ठको पदीय आचरण, अनुशासन तथा घटनासँग सम्बन्धित विषयमा अनुसन्धान गरिरहेको छ ।

Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर