Aamsanchar

स्वास्थ्य बीमाको २ अर्ब ६ करोड भुक्तानी, २०८२ सम्मको बक्यौता सकियो

Author Image
मङ्गलवार, भदौ १६, २०८३

काठमाडौं  – स्वास्थ्यबीमा बोर्डले २०८२ साल चैत्र मसान्तसम्म स्वास्थ्यबीमाबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गर्नुपर्ने भुक्तानी क्लियर गरेको छ।

बोर्डका अनुसार २०८२ साल चैत्र मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्यबीमाबापत २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७७२ भुक्तानी गरिएको हो। यससँगै २०८२ सालसम्मको स्वास्थ्यबीमाबापत गर्नुपर्ने भुक्तानी सकिएको बोर्डले जनाएको छ।

बोर्डले पछिल्लो समय जिम्मेवारी लिएको विपन्न नागरिक उपचारको कोषको रकम वितरण प्रक्रियालाई पनि नियमित गर्दै आएको छ। यो रकमले पनि सेवा प्रदायक अस्पतालहरुलाई ठूलो राहत मिलेको बताइएको छ। नियमित रकम पाउन थालेपछि सेवा रोकेका अस्पतालहरुले पुन स्वास्थ्य बीमा कार्यक्रम सुचारु गर्न थालेका छन्।

गतवर्ष स्वास्थ्य बीमाका लागि १० अर्व बिनियोजन भए पनि करिव २३ अर्व भुक्तानी गरिएको उल्लेख थियो। यसवर्ष स्वास्थ्य बीमाका लागि १५ अर्व बजेट विनियोजन गरिएको छ। संगसंगै बोर्डबाट अनावश्यक परीक्षण रोक्ने गरी प्रणालीमा केही परिवर्तन गरेपछि दावी भुक्तानीका लागि माग हुने बाढीमा समेत परिवर्तन आएको छ।

Views: 135

प्रतिक्रिया (०)