Aamsanchar

तादी खोलामा ६० मिटरको एक्रो ब्रिज जडान कार्य सुरु

Author Image
शनिवार, भदौ २०, २०८३

काठमाडौं – नुवाकोटको विदुरस्थित तादी खोलामा ६० मिटरको एक्रो ब्रिज जडान कार्य सुरु भएको छ । भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीले तादी खोलाको पक्की पुल बगाएको थियो ।

सोही पुलको अबुटमेन्टमा नयाँ एक्रो ब्रिज जडान सुरु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । यसका लागि आवश्यक सामग्री नेपाली सेनाले जुटाएको थियो । निर्माण पनि नेपाली सेनाले नै गरेको हो ।

Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर