Aamsanchar

बिर्तामोडमा एकैपटक होटल र फेन्सी स्टोर, व्यवसायी गजमेरको नयाँ पहल

Author Image
शनिवार, भदौ २०, २०८३

बिर्तामोड । झापाको बिर्तामोडमा करिब ३० लाख रुपैयाँको लगानीमा एलडी होटल र एलडी फेन्सी स्टोर सञ्चालनमा आएको छ। स्थानीय बजारमा गुणस्तरीय सेवा र ब्राण्डेड पोसाक उपलब्ध गराउने उद्देश्यसहित स्थापना गरिएको होटल तथा फेन्सी स्टोरको शुक्रबार औपचारिक उद्घाटन गरिएको हो।

एलडी होटल तथा एलडी फेन्सी स्टोरका संस्थापक जङ्ग गजमेरले बिर्तामोडमा ग्राहकको आवश्यकता र बदलिँदो बजारलाई ध्यानमा राख्दै नयाँ व्यवसाय सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार विशेषगरी फेन्सी स्टोरलाई विभिन्न ब्राण्डका गुणस्तरीय कपडा खरिद गर्न चाहने ग्राहकका लागि सहज र भरपर्दो गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य छ।

होटल तथा फेन्सी स्टोरको उद्घाटन बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र कोशी प्रदेशसभा सदस्य गोपाल गजमेरले संयुक्त रूपमा गरे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बिरु दर्नालले नयाँ व्यवसायले बिर्तामोडको व्यापारिक क्षेत्रमा थप विविधता ल्याउने विश्वास व्यक्त गरे। कार्यक्रमको सञ्चालन सुनम शर्माले गरेका थिए ।

प्रमुख अतिथि संग्रौलाले पछिल्लो समय व्यापारिक क्षेत्रमा मन्दीको अवस्था देखिए पनि नयाँ लगानीसहित व्यवसाय सञ्चालनमा आउनु सकारात्मक भएको बताए। उनले ग्राहकको रुचि र बजारको माग समयअनुसार परिवर्तन भइरहने भएकाले व्यवसायीले त्यसलाई पहिचान गरी आफूलाई अनुकूल बनाउन सक्नुपर्ने धारणा राखे।

होटल र फेन्सी स्टोरलाई ग्राहकको आवश्यकता तथा बदलिँदो बजारअनुसार विस्तार गर्दै लैजाने सञ्चालकको योजना छ।

Views: 866

प्रतिक्रिया (०)

सम्बन्धित खबर