Aamsanchar

साउदी अरेबियाले नेपाललाई १९१ रनको विजयी लक्ष्य दियो,सन्दिप र दिपेन्द्रले ३-३ विकेट लिए

Author Image
आइतवार, भदौ २१, २०८३

काठमाडौं  –  एसिसी प्रिमियर कप अन्तर्गतको तेस्रो खेलमा साउदी अरेबियाले नेपाललाई १९१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको हो।

साउदी अरेबियाका लागि ओपनर ब्याटर अब्दुल बाहिदले सर्वाधिक ७७ रन बनाए। उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे। मोहम्मद आतिफले ३० रन र मोहम्मद हिसम शेखले २८ रन बनाए। जैन अबिदिनले १२ रन, मोहम्मद सकिबले १४ तथा इस्तिक अहमद १० रनमा अविजित रहे। अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

नेपालको लागि बलिङ तर्फ सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ३-३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिँदा शेर मल्ल र गुल्सन झाले१-१ विकेट लिए ।

 

नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो भने र दोस्रो खेलमा मलेसिया विरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो।

Views: 38

प्रतिक्रिया (०)