Aamsanchar

प्रधानमन्त्री बालेनसँग छलफल गरेर बाहिरिँदै गर्दा सिंहदरबार गेटैबाट किन प*क्राउ परे गाउँपालिका अध्यक्ष ?

Author Image
सोमवार, भदौ २९, २०८३

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाह बालेनसँग छलफल गरेर बाहिरिँदै गर्दा सिंहदरबारबाट एकजना गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् ।

नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका हुन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाटै पक्राउ गरेको हो । प्रधानमन्त्री शाहले आजै रसुवा बाढीले असर पारेका क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका थिए ।

छलफल सकेर बाहिरिँदै गर्दा उनी पक्राउ परेका हुन् । बैंकिङ कसुरको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

“बैंकिङ कसुर मुद्दा अदालतमा दायर भइसकेको, अदालतमा जानुपर्थ्यो, गएको रहेनछन् । हामीले अदालतमा उपस्थित हुन पठाइदिएका छौँ,” काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।

नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका-३ घर भएका तामाङ काठमाडौं महानगरपालिका-१६, नयाँ बजारस्थित ओसिन ट्रान्सपोर्ट एन्ड एड्भेन्चर प्रालिका प्रोप्राइटर हुन् ।

Views: 351

प्रतिक्रिया (०)

सम्बन्धित खबर