
काठमाडौँ – नेपाली कांग्रेस रामेछापका जिल्ला नेता भरत चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ । चौलागाईंलाई प्रहरीले बिहीबार साँझ रामेछापको मन्थलीबाट पक्राउ गरेको हो ।

कांग्रेस संस्थापन पक्षका चौलागाईं १५ औँ अधिवेशनको तयारी बैठकका लागी मन्थी पुगेका थिए । उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।
उच्च पदस्थहरूको नाम लिएर रकम असुल गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआईजी उमा प्रसाद चतुर्वेदीले बताए ।

चौलागाईंले रकम असुलीका लागी डिल गरेको अडियो सीआईबीले फेला पारेको छ । चतुर्वेदीले भने, ‘केही प्रमाणहरू फेला परेको छ, भेरिफिकेशनसको लागि नियन्त्रणमा लिएका हौँ ।’
उनलाई काठमाडौँ ल्याएर थप अनुसन्धान गरिने चतुर्वेदीले जानकारी दिए ।

Views: 209
