Aamsanchar

घरमा आ*गलागी हुँदा एक पूर्व शिक्षकको ज*लेर मृ*त्यु

Author Image
आइतवार, असोज ४, २०८३

जनकपुरधाम – जनकपुरमा एक घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ।जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक स्थित घरमा जलेर ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो। गएराति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेका उनको जलेर मृत्यु भएको स्थानीयले बताएका छन्।

महोत्तरीको लोहारपट्टी नगरपालिका – २ निवासी सहनी अवकास प्राप्त शिक्षक हुन्। उनकी नातिनीले भने भागेर ज्यान जोगाएकी छन्। विद्युत् सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ।

 

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर