Aamsanchar

राजनीतिक विश्लेषक भरत दाहाल प*क्राउ

Author Image
आइतवार, असोज ४, २०८३

झापा  – राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट पक्राउ गरेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी कबित कटुवालका अनुसार, साइबर अपराधको कसुरमा दाहाल पक्राउ परेका हुन् ।

प्रहरीको साइबर ब्युरोकोबाट पक्राउ पुर्जी जारी भएको र पक्राउ गरेर पठाउनु भन्ने पत्रको आधारमा दाहाललाई पक्राउ गरिएको एसपी कटुवालले जानकारी दिए । पक्राउ परेका दाहाललाई आइबार नै काठमाडौं पठाइएको छ ।

Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर