
झापा – जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ का राजकुमार लिम्बु छन् ।

उनलाई इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको टोलीले आइतबार दमकबाट नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
लिम्बु बलात्कार कसुरमा दोषी ठहर भएर १८ वर्ष जेल सजाय तोकिएका थिए । लिम्बुले काभ्रेकी १२ वर्षीया बालिकालाई बलात्कार गरेका थिए ।

काभ्रे जिल्ला अदालतले उनलाई २०७९ असार २२ गते दोषी ठहर गरेको थियो । उनी २०८२ भदौ २४ को प्रदर्शनपछि जेलबाट भागेका थिए ।
पछिल्लो समय उनी दमक क्षेत्रमा लुकिछिपी गरेको सूचनाका आधारमा प्रहरीको टोलीले पक्राउ गरेको हो ।

Views: 60
