Aamsanchar

घाग्रा खोलामा करेन्ट लगाएर माछा मा*र्दा एकजना वृद्धको ज्यान गयो

Author Image
सोमवार, असोज ५, २०८३

बिर्तामोड- झापाको बिर्तामोड नगरपालिका –२ मा करेन्ट लगाएर माछा मार्दा एकजना वृद्धको ज्यान गएको छ । सोमवार दिउँसो १ः३० बजे बिर्तामोड वडा २ बेलडाँगीस्थित घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्दा सोही ठाउँ बस्ने ६२ वर्षीय मोहन मुर्मुको मृत्यु भएको हो ।

एक्लै करेन्ट लगाइ माछा मार्ने क्रममा अचानक करेन्ट लागेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खोलामा मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ । मुर्मुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मेची लगिएको छ ।

Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर