
काठमाडौं – पूर्वराष्ट्रपति विद्या भण्डारी नेकपा एमालेको वरिष्ठ नेता बनेकी छन्। बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई वरिष्ठ नेतामा अनुमोदन गरेको हो।

यसअघि आजै बसेको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनीत गर्ने प्रस्ताव गरेको थियो। अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीलाई वरिष्ठ नेताका लागि प्रस्ताव गरेका थिए।

Views: 40
