Aamsanchar

सुस्ताका विभिन्न टोल डुबानमा

Author Image
आइतवार, असोज ११, २०८३

बुटवल – लगातारको वर्षाका कारण नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ स्थित पारि सुस्ताका विभिन्न टोल डुबानमा परेका छन् ।

पारि सुस्ताको थारु टोल, पहाडी टोल, सैनिक टोललगायत क्षेत्रमा पानी पसेपछि जनजीवन प्रभावित भएको छ । डुबानका कारण केही कच्ची घरसमेत भत्किएका छन् ।सुस्ता बचाउ अभियानका सहसंयोजक तथा सुस्ता गाउँपालिका–५ का वडा सदस्य आदम खाँले केही कच्ची घर भत्किएको  बताए । उनका अनुसार थारु टोलबाट बस्तीमा पसेको पानीका कारण थप क्षति हुने जोखिम छ । इँटाले बनेका घरमा खासै क्षति नभए पनि कच्ची घरहरू भत्किएको उनले बताए ।

उनका अनुसार डुबानमा परेका केही स्थानीयलाई आश्रयस्थलमा सारिएको छ । मानिससँगै बाख्रा, भैँसीलगायत पशुचौपायाको व्यवस्थापनमा समस्या भइरहेको खाँले बताए ।

स्थानीय युवा अभियन्ता बाबु खाँका अनुसार चारैतिर पानी जमेकाले डुबानमा परेका मानिस तथा पशुचौपायालाई सुरक्षित स्थानमा सार्नसमेत कठिनाइ भइरहेको छ । पारि सुस्तामा अझै लगातार वर्षा भइरहेकाले डुबानको जोखिम कायमै रहेको उनले बताए ।

Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर