Aamsanchar

नारायणी नदीमा राखिएको क्रुजसिप नै बाढीले बगायो

Author Image
आइतवार, असोज ११, २०८३

काठमाडौं  – चितवनस्थित नारायणी नदीमा राखिएको क्रुजसिप नै बाढीले बगाएको छ ।

आइतबार दिउँसो नदीमा राखिएको क्रजुसिप बगाएको हो । बगेर आएको क्रुजसिपले नारायणी नदीमा रहेको पुलको पिलरमा धक्का दिएको छ ।

अहिले पुलमा उक्त क्रुजसिप आएर ठोक्किएको एसपी रामेश्वर पौडेलले जानकारी दिए ।

‘पुलको गैंडाकोटपट्टिको पिल्लरमा अड्किएर बसेको छ । पानीको सतह बढ्दैछ, जोखिम पनि बढ्दैछ,’ उनले भने ।

उनले पानीको बहाब बढिरहेको पनि जानकारी दिए । उनका अनुसार अहिले पुलबाट सवारी सञ्चालनमा रोक लगाइएको छ।

Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर