Aamsanchar

नेपालले यसपटक हङकङ सिक्सेसमा नखेल्ने

Author Image
सोमवार, असोज १२, २०८३

काठमाडौं  – हङकङ सिक्सेस प्रतियोगिताको यो संस्करणमा नेपालले सहभागिता नजनाउने भएको छ। सोमबार आयोजकले आफ्नो आधिकारीक सामाजिक सञ्जालमा सहभागि टिमहरु सार्वजनिक गरेको हो।

आयोजकले सार्वजनिक गरेको चार्टमा नेपालको नाम छैन। यस प्रतियोगितामा भारत, श्रीलंका, हङकङ, ओमान, स्कटल्यान्ड, बंगलादेश, पाकिस्तान, अष्ट्रेलिया, अफगानिस्तान, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र यूएई रहेका छन्। प्रतियोगिता अक्टोबर ३० देखि नोभेम्बर १ मा सकिन्छ। यो प्रतियोगितासँग नेपाल प्रिमियर लिग (एनपीएल) को तालिका जुधेको छ। एनपीएल अक्टोबर २६ देखि सुरु हुने भएपछि नेपालले यस प्रतियोगितामा सहभागिता नजनाएको हो।

यो प्रतियोगितामा ६ ओभरको इनिङ्स हुन्छ। यो प्रतियोगिता ६ खेलाडीले मात्रै खेल्छन्। यस प्रतियोगितामा विकेटकिपर बाहेक सबैले बलिङ गर्छन्। एक जना बलरले २ ओभर मात्रै बलिङ गर्न पाउँछ।

यो प्रतियोगितामा कुनैपनि ब्याटरले ५० रन बनाएपछि स्वतः रिटाएर हुनु पर्ने हुन्छ। यदि अन्य विकेट गएको खण्डमा उक्त ब्याटर फेरि फर्केर ब्याटिङ गर्न सक्छ।

Views: 57

प्रतिक्रिया (०)