Aamsanchar

झापा : बसले ठ*क्कर दिँदा १८ वर्षीय युवकको मृ*त्यु, १९ वर्षीय युवक ग*म्भीर घा*इते

Author Image
सोमवार, असोज १२, २०८३

तस्बिर : लीलाराज खड्का

झापा –  बाह्रदशी गाउँपालकिामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ भने अर्का युवा गम्भीर घाइते भएका छन् ।

सोमवार बिहान १०ः४५ बजेतिर बाह्रदशी गाउँपालिका भागडुब्बाथित हिमाली राजमार्गमा भागडुब्बाबाट राजगढतर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ३५२४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१४ प ११९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक बाह्रदशी गाउँपालकिा–४ का १८ वर्षीय करण राजवंशी र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका १९ वर्षीय अजय राजवंशी गम्भीर घाइते भएका थिए ।

घटनालगत्तै दुवै घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा मोटरसाइकल चालक करणको दिउसो १२ः१० बजेतिर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । अजयको भने उपचार भइरहेको प्रहरीको भनाइ छ ।

दुर्घटनापछि बस र चालक बाह्रदशी वडा नं. १ सालघारी बस्ने ४१ वर्षीय धनबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइहेको प्रहरीको भनाइ छ ।

Views: 833

प्रतिक्रिया (०)

सम्बन्धित खबर