Aamsanchar

बिर्तामोडमा यु*वतीलाई हा*तखुट्टा बाँ*धेर पेट्रो*ल छ*र्केर आ*गो लगाउन खोज्ने भारतीय नागरिक पक्रा*उ

Author Image
मङ्गलवार, असोज १३, २०८३

झापा –  बिर्तामोडमा एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किशनगञ्ज जिल्ला कदमगाछी थाना पछाडकट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोडको अमृतभोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिपचन्द्र राय रहेका छन् ।

गएराति १०ः३० बजे इलाम रोङ गाउँपालिका–३ घर भई हाल बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्दै आएकी २२ वर्षीया एक युवतीको कोठामा राय गएका थिए । मादक पदार्थ सेवन गरी गएका रायले पेट्रोलसमेत बोकेर युवतीको कोठामा छिरेका थिए । उनले तन्ना च्यातेर युवतीको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेका थिए ।

उक्त घटनाबारे प्रहरीलाई खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिएर रायलाई नियन्त्रणमा लिएको हो । घटनामा घाइते युवतीलाई उपचारका लागि मनमोहन अस्पताल बिर्तामोडमा लगि उपचार भइरहेको छ ।

घटनामा संलग्न रायलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आफूले युवतीलाई करिब ७० हजार रकम सापटी दिएको र सो रकम फिर्ता नदिएपछि आगो लगाउन खोजेको रायले प्रहरीलाई बताएका छन् ।

Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर