Aamsanchar

म्याद नाघेका औषधि प्रयोग गरेको भेटिएपछि चारआलीको मनकामना अस्पताल बन्द

Author Image
मङ्गलवार, असोज १३, २०८३

झापा । बिरामीको उपचारमा म्याद नाघेका औषधि प्रयोग गरेको तथा अस्पताल सञ्चालनका लागि आवश्यक दर्ता र कागजात नभएको पाइएपछि झापाको चारआलीस्थित मनकामना अस्पताल बन्द गरिएको छ।

मेचीनगर नगरपालिकाको बजार अनुगमन टोलीले मंगलबार गरेको अनुगमनका क्रममा बिरामीका लागि प्रयोग गरिएका म्याद गुज्रिएका औषधि फेला पारेको नगरपालिकाले जनाएको छ।

अनुगमनका क्रममा अस्पतालले आवश्यक कानुनी प्रक्रिया पूरा नगरी स्वास्थ्य सेवा सञ्चालन गरिरहेको समेत खुलेपछि नगरपालिकाले तत्काल सेवा बन्द गराएको हो।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा म्याद नाघेका औषधि प्रयोग भएको भेटिएपछि अस्पतालको औषधि व्यवस्थापन र सेवा सञ्चालनमाथि गम्भीर प्रश्न उठेको छ।

उता अस्पताल प्रसाशनले सामाजिक सञ्जालमा राखेको सम्पर्क नम्बरमा सम्पर्क गरेर अस्पताल पक्षको भनाई दिन खोज्दा ०२३–४६०६२५ मा फोन नलाग्ने बनेको छ ।

नगरपालिकाले घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

Views: 65

प्रतिक्रिया (०)