Aamsanchar

कांग्रेस विराटनगर समितिको सभापतिमा कृष्णबहादुर

Author Image
बिहिवार, असोज १५, २०८३

विराटनगर – नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा कार्कीले ६४६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी केशव गिरीलाई ५२० मतान्तरले पराजित गरेका हुन् ।

गिरीले १२६ मत प्राप्त गरे । निर्वाचन अधिकृत विकास थापाका अनुसार कुल ८९८ मतदातामध्ये ७९७ मत खसेको थियो। उपसभापति (महिला)मा श्रुति शर्मा ४९५ मतसहित निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी कृष्णाकुमारी साहले २२९ मत प्राप्त गरिन्।

जिल्ला कार्यसमिति सदस्य(महिला) मा सावित्रा पोखरेल र उमा घिमिरे निर्वाचित भए। यस्तै, खुलातर्फ ज्ञानेश्वर नेपाल, सुमन प्रसाईं र सुरेन्द्र भट्टराई (सुगल) विजयी भएका छन्।

Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर