Aamsanchar

सीएनआईवाईईएफ कोशीको अध्यक्षमा रजत सहेवाला, १२ नयाँ सदस्य थपिए

Author Image
शनिवार, असोज १७, २०८३

बिर्तामोड । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) कोशीको तेस्रो वार्षिक साधारणसभाले रजत सहेवालालाई अध्यक्षमा चयन गरेको छ।हिजो  बिर्तामोडस्थित होटल किङ्सबरीमा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नुका साथै १२ जना नयाँ सदस्यलाई मञ्चमा आबद्ध गरेको हो।

साधारणसभामा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतो प्रमुख अतिथि थिए। कार्यक्रममा नेपाल उद्योग परिसंघ (सीएनआई) का राष्ट्रिय अध्यक्ष सुगम घिमिरे, सीएनआई कोशीका अध्यक्ष पवन सारडा, उपाध्यक्ष भीम घिमिरे तथा प्रमुख सल्लाहकार महेश जाजुसहित उद्योगी तथा युवा उद्यमीहरूको सहभागिता थियो।

नवनिर्वाचित कार्यसमितिको लर्निङ चेयरमा केशव राठी, को–लर्निङमा शरद जोशी, फाइनान्स चेयरमा संकेत बंसल, मेम्बरसिप चेयरमा जितेश अग्रवाल र को–मेम्बरसिपमा धडकन कट्टेल चयन भएका छन्।

त्यस्तै, मिडिया एण्ड कम्युनिकेसनमा सुशान्त न्यौपाने, स्टार्टअप एण्ड आईटीमा आयुष भगत, ग्रोथ एण्ड एक्स्पान्सनमा कुणाल शाह, रिलेसन एण्ड एलायन्समा अश्विनी गोल्छा तथा इन्टरनेसनल रिलेसनमा तुषार तोदी चयन भएका छन्।

१२ नयाँ सदस्य थपिए

साधारणसभाबाट साहिल जोडानी, पियुष अग्रवाल, पियुष कोठारी, देव गोयल, अमन अग्रवाल, रियाज ढकाल, प्रवास थापा मगर, आइरिस राज पोखरेल, टोपबहादुर खड्का, गौरव धनुका, गौरव श्रेष्ठ र निराग गौतम नयाँ सदस्यका रूपमा मञ्चमा आबद्ध भएका छन्।

साधारणसभामा युवा उद्यमीहरूको क्षमता विकास, स्टार्टअप प्रवर्द्धन, लगानी विस्तार, व्यावसायिक सहकार्य तथा कोशी प्रदेशमा उद्यमशील वातावरण निर्माणका विषयमा छलफल गरिएको थियो।

नयाँ नेतृत्वले युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, सहकार्य र उद्यमशीलताको विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर