
काठमाडौं – युईफए नेसन्स लिग फुटबलमा स्पेनले चेजियाविरुद्ध प्रभावशाली जित हासिल गरेको छ।

ओभिएडोस्थित कार्लोस टार्टिएरे रंगशालामा भएको खेलमा स्पेनले चेजियाविरुद्ध ३–१ गोलको जित हासिल गरेको हो। खेलको पहिलो हाफदेखि नै दबाब सिर्जना गरेको स्पेनका लागि युवा स्टार लामिने यामालले छैटौँ मिनेटमै उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
३५औँ मिनेटमा रोड्रीले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए । खेलको ६८औँ मिनेटमा चेजियाका जिरी स्लामाले एक गोल फर्काउँदै खेललाई २–१ को स्थितिमा ल्याएका थिए। त्यसपछि चेजियाले बराबरीका लागि निकै दबाब सिर्जना गरे पनि स्पेनिस गोलकिपर डेविड रायले केही उत्कृष्ट बचाउ गरेका थिए।

खेलको अन्त्यतिर वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई ३–१ गोलको जित सुनिश्चित गरे । त्यसअघि खेलको ८४औँ मिनेटमा लादिस्लाभ क्रेज्सीले रातो कार्ड पाएर मैदान छोड्दा चेजिा १० खेलाडीमा सीमित बनेको थियो ।
यो जितसँगै स्पेनले समूह चरणमा ३ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा आफ्नो पकड अझ मजबुत बनाएको छ। नेसन्स लिग अन्तर्गत भएका अन्य खेलमा इङ्ल्याण्डले क्रोएसियालाई ७(० गोलले हरायो। स्कटल्याण्डले नर्थ म्यासेडोनियालाई २–० गोल अन्तरले पराजित गरेको छ भने स्विट्जरल्याण्डले स्लोभेनियाविरुद्ध २–१ को कठिन जित निकालेको छ।

