Aamsanchar

पाँच पटकको विश्वकप विजेता ब्राजिलले भारतलाई ४ गोलले हरायो

Author Image
आइतवार, असोज १८, २०८३

काठमाण्डौ – पाँच पटकको विश्वकप विजेता ब्राजिलले मैत्रीपूर्ण फुटबल खेलमा भारतलाई ४ गोलले हराएको छ ।

हिजो कोलकाताको युवा भारती रंगशालामा ब्राजिलसँग पहिलो पटक खेलेको भारत पराजित भएको हो ।

ब्राजिलले खेलको २८औं, ४२औँ, ५८औं र अतिरिक्त समयको चौथो मिनेटमा गोल गर्यो । ब्राजिलले आफ्नो पहिलो भारत भ्रमण छ । अन्तर्राष्ट्रिय फुटबलमा भारत र ब्राजिलबीच खेल भएको यो पहिलो पटक हो ।

ब्राजिल प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा भारत आएको हो । ब्राजिलले अब पर्सि अक्टोबर ६ तारिखमा कोलकातामै उरुग्वेसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।

Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर