Aamsanchar

कांग्रेसको १५ औँ महाधिवेशन : ओली नजाने, प्रचण्ड जाने

Author Image
आइतवार, असोज १८, २०८३

काठमाडौँ  – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन समारोहमा अतिथिका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।

अध्यक्ष ओलीको साटो महाधिवेशनमा शुभकामना दिन महासचिव शंकर पोखरेल जाने तय भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । महाधिवेशन आज आइतबार दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा उद्घाटन हुदैछ ।

यसैबिच नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

‘अहिलेसम्म जाने भन्ने छ । केही अपर्झट भएन भने जानुहुन्छ’, प्रचण्डको सचिवालयको भनाइ छ । कांग्रेसले महाधिवेशनमा शुभकामना दिन प्राय सबै दलका नेताहरूलाई निम्तो दिएको जनाएको छ ।

Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर