
काठमाडौँ – जनमत पार्टीको अध्यक्षमा पुनः डा।सीके राउत निर्वाचित भएका छन् । वीरगञ्जमा आयोजित महाधिवेशनमा भएको निर्वाचनमा राउत ९५८ मतसहित अध्यक्ष निर्वाचित भएका हुन्।

अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परे पनि पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तिमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान भएकले मतदान भएको थियो ।
उपाध्यक्षमा अनिताकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, डा. जयकान्त राउत, राजयकुमार यादव र माधवप्रसाद सिंह विजयी भएका छन्। उपाध्यक्ष पदमा ११ जना प्रतिस्पर्धी थिए ।

२६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि मतदान भएको थियो।

Views: 26
