Aamsanchar

‘एक न एक दिन’ सार्वजनिक, कमला बोहोरा खत्रीको शब्दमा नयाँ सांगीतिक प्रस्तुति

Author Image
मङ्गलवार, असोज २०, २०८३

बिर्तामोड । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘एक न एक दिन’ सार्वजनिके भएको छ। कमला बोहोरा खत्रीको शब्द र गुरु ओलीको संगीतमा तयार भएको गीतमा प्रशान्त पोख्रेलले स्वर दिएका छन्।

गीतको संगीत संयोजन सुवास जोशीले गरेका हुन्। ‘दाजुभाइ’ स्टुडियोमा तयार गरिएको गीतको भिडियोमा विभिन्न कलाकारले अभिनय गरेका छन्।

भिडियोमा कमला बोहोरा खत्री, राजु खरेल, बिक्रम गेलाल, सृजना कडरिया, रुपा खनाल, सिभान्स गेलाल, कृपा डाँगी, निकिता भण्डारी, प्रमिसा धिमाल र सुयासी तिम्सिनाको अभिनय रहेको छ।

गीतको छायांकनमा सन्तोष रिजालले सहयोग गरेका छन् भने श्रृंगार विष्णु कार्कीले गरेका छन्। भिडियोको छायांकन तथा सम्पादन सुवास लिम्बूले गरेका हुन्।

‘एक न एक दिन’ को कथा तथा निर्देशन सुनिल थापाले गरेका छन्। गीतको भिडियोमा कलाकारको अभिनयसँगै कथालाई समेत प्राथमिकता दिइएको निर्माण पक्षले जनाएको छ।

शब्द, संगीत, स्वर र अभिनयको संयोजनमार्फत दर्शक तथा श्रोतामाझ फरक स्वाद दिने उद्देश्यले गीत तयार गरिएको जनाइएको छ। गीत तथा भिडियो कमला बोहोरा युवडुवमा सार्वजनिक भएको छ ।

Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर