
काठमाडौं – भारतीय महिला क्रिकेट टिमकी कप्तान हमर्नप्रित कौरले एकदिवसीय, टी २० र टेष्ट तीनै फर्म्याटको कप्तानीबाट राजीनामा दिएकी छन्। उनले मंगलबार सामाजिक सञ्जाल इन्टाग्राममार्फत आफूले तीनै फम्र्याटको कप्तानीबाट राजीनामा दिएको बताएकी हुन्।

३७ वर्षीय हमर्नले कप्तानीबाट राजीनामा दिएपनि आफ्नो खेल करिअर भने निरन्तर राख्ने जानकारी दिएकी छन्। उनले कप्तानको रुपमा भारतलाई ५ टेष्ट, ५१ एकदिवसीय र १५५ टी२० अन्तर्राष्ट्रिय खेलको नेतृत्व गरिन्।
कप्तानको रुपमा उनले भारतीय महिला क्रिकेट टिमलाई एसियन गेम्समा स्वर्ण पदक जिताएकी थिइन्। उपकप्तान स्मृति मन्धना, प्रशिक्षक अमोल मुजुम्दार र सचिव देवाजित साइकियाल सोमबार बसेर महिला टिमको भविष्यको बारेमा गरेको बैठकपछि उनले कप्तानी छोड्ने घोषणा गरेकी हुन्।

उनले सामाजिक सञ्जाल इन्टाग्राममा लेखेकी छन्,‘यो मेरो लागि सहज निर्णय थिएन। वर्षौको सम्झना, भावना र योगदानहरु मेरो लागि जीवनभरी साथ रहनेछन्।देशको लागि आफ्नो हरेक चिज दिएको थिए। कप्तानी गर्दा मैले मेरो प्रदर्शन र मेरो व्यक्तिगत वृद्धिलाई भन्दा बढी टिमको प्रदर्शनमा भ्यान दिए।’
उनले लेखेकी छन्,‘कप्तानको रुपमा मैले धेरै कठोर निर्णयहरु पनि लिनपर्यो। निर्णयहरु सधैं सकरात्मक तरिकाले मात्रै बुझिएन। कतिपय बेला व्यक्तिगत रुपमा पनि यसले हानी गर्यो। तर हरेक निर्णय मैले मेरो टिम बलियो बनाउन लिएको थिएँ।’
उनले कप्तानीबाट राजीनामा दिएपछि अब भने स्मृति मन्धनाले भारतीय टिमको कप्तानी सम्हाल्ने विषयको चर्चा चल्न थालेको छ। स्मृतिले आफू तयार रहेको बताउँदै आएकी छन्। उनले सन् २०२४ र २०२६ मा रोयल च्यालेन्जर्स ब्याग्लोर९आरसीबी० लाई डब्ल्यूपीएलको उपाधि जिताएकी थिइन्।
हमर्नप्रितले सन् २०१२ मा पहिलो पटक भारतीय टिमको कप्तानी सम्हालेकी थिइन्। सन २०१६ मा भारतले घरेलु मैदानमा भएको टि(२० विश्वकपमा समूह चरणबाटै बाहिरपछि भने उनलाई कप्तानको दाबेदारको रुपमा हेरिएको थियो। मिथाली राजले सन्यास लिएपछि हर्मनप्रितले एकदिवसीय र टेष्टको कप्तानीको जिम्मेवारी सन् २०२२ मा पाएकी थिइन्।

