Aamsanchar

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उमेदवारी

Author Image
मङ्गलवार, असोज २०, २०८३

काठमाडौं  – उद्यमी विनोद चौधरीले नेपाली कांग्रेसको उपसभापति पदमा उमेदवारी दिएका छन् । चौधरीले समावेशी समूहबाट उपसभापतिमा उमेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि उमेदवारी दर्ता भइरहेको छ ।

महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उमेदवारी फारम वितरण तथा दर्ताको प्रक्रिया अघि बढाएको छ ।

नयाँ कार्यसमितिका विभिन्न पदमा उमेदवारी दर्ता गराउने क्रम जारी रहेकाले राष्ट्रिय सभागृहमा उमेदवार तथा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ ।

Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर