Aamsanchar

७० टनको क्रेनको भार थेग्न नसक्दा विराटनगरको कस्टम यार्ड भत्कियो

Author Image
मङ्गलवार, असोज २०, २०८३

विराटनगर- विराटनगरको आइसिपीसँगै जोडिएको रेलवे स्टेसन, नेपाल कस्टम यार्ड (एनसिवाई) को संरचना भत्किएपछि अर्को कार्गो रेल आउँदा अनलोडमा समस्या उत्पन्न हुन सक्ने सम्भावना बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

गत साउन ४ गतेयता चार वटा कन्टेनर कार्गो यार्डसम्म आएर अनलोड भइसकेको छ । अनलोडका लागि प्रयोग हुने क्रेन (रिच स्टेकर)र कन्टेनरको भार थेग्न नसक्दा यार्डको कालोपत्रे उप्किएर फाटेको हो ।

कार्गो रेलमा आएका कन्टेनरलाई उचाइबाट भुइँमा झार्न ७० टन क्षमताको व्रmेन प्रयोग गरिन्छ । कन्टेनरको तौल भने २० फिट र ४० फिटमा अलग अलग हुन्छ । रेलको ¥याकबाट कन्टेनर झार्दा त्यसको माथिल्लो भागबाट क्रेनले समात्छ । त्यसपछि अझै माथिल्लो भागतर्फ उठाएर यार्डमा झार्नुपर्ने हुन्छ । यस्तो अवस्थामा भारी वजनको क्रेन र कन्टेरको भार थाम्न बलियो अल्पाल्ट भुइँ हुनु पर्छ । विराटनगरको यार्डले भने भार थेग्न नसक्दा भत्किएपछि समस्या उत्पन्न भएको हो ।

यार्ड भत्किएपछि त्यसको मर्मत कसले गर्ने भन्ने प्रश्न उब्जिएपछि कार्गो रेलसमेत अलमलमा परिरहेको आइसिपीको व्यवस्थापन हेर्दै आएको ट्रान्स नेपाल टिआरएस लोजीपार्क प्रालिका प्रमुख व्यवस्थापक लक्ष्मी सुब्बाले जानकारी दिनुभयो । सुब्बाले मर्मत गर्ने निकाय नै भेट्न नसकेको गुनासो गरेपछि प्रतिनिधि सभा, पूर्वाधार विकास समितिका सभापतिले स्थलगत निरीक्षणसमेत गर्नुभएको छ ।

समस्या उत्पन्न भएपछि सङ्घीय संसद्, पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले आइतबार नेपाल कस्टम यार्डको अनुगमन गर्नुभएको थियो । पूर्वाधार विकास समितिका सभापति गजुरेलका अनुसार यसको तत्काल मर्मत गर्नुपर्ने अवस्था देखिएकाले त्यही अनुसारको निर्देशनसमेत गरिएको छ ।

सभापति गजुरेलले भन्नुभयो, “मैले एनसिवाईबाटै नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेड’ लाई तत्काल बजेट प्रबन्ध गरेर मर्मत गर्न भनेको छु ।” इन्टरमोडेल यातायात विकास समितिले ठेक्का लगाएर निर्माण गरेको कलभर्ट (पुल), सडकसमेत भासिएकाले तत्काल मर्मत गर्न भनिएको उहाँले बताउनुभयो । एनसिवाई र आइसिपी जोड्ने सडक तथा पुलसमेत कन्टेनर बोक्ने मालवाहक सवारीको भार थेग्न नसक्दा भासिएको छ ।

कोशी प्रदेशका विभिन्न जिल्लामा पूर्वाधार विकास समितिका कार्यव्रmम रहेका बेला सभापति गजुरेल आइसिपीनजिकको नेपाल कस्टम यार्ड पुगेर अनुगमन गर्नुभएको हो । यसअगाडि नेपाल इन्टरमोडेल यातायात विकास समितिमा प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारीमा सभापति गजुरेल नै हुनुहुन्थ्यो ।

नेपालमा रेलमार्ग निर्माणको काम रेल विभागले गर्छ । त्यसको सञ्चालन रेलवे कम्पनी लिमिटेडले गर्छ । भन्सारमा आयातनिर्यात सहजीकरण व्यवस्थापनको काम भने नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड हेर्छ । अलग अलग निकाय जोडिएका कारण यार्ड भत्कँदा कसले मर्मत गर्ने भन्ने दोधार सिर्जना हुँदै आएको छ ।

वजन थाम्न नसक्दा यार्डमा खाल्टाखुल्टी परेको छ । यार्ड दह्रो नभएमा (याकबाट कन्टेनर झार्न सम्भव नहुने दाबी गरिन्छ । यस्तोमा दुर्घटना जोखिम हुने प्रमुख व्यवस्थापक सुब्बाको भनाइ छ ।

यो कार्गो रेल ल्याउने विषयमा समेत नेपाल रेलवे कम्पनी लिमिटेड र तत्कालीन इन्टरमोडेल यातायात विकास समिति संलग्न भएका थिएनन् । यी दुवै नियामक निकायभन्दा बाहिर निजी कम्पनी ट्रान्स नेपाल टिआरएस लोजीपार्क अग्रसर भएको थियो ।

अहिले कन्टेनर राख्ने यार्ड, ब्यागेज कार्गो ९बोरामा आएका सामग्री० राख्ने प्लेटफर्म र एनसिवाईदेखि भन्सार कार्यालयस्थित आइसिपीसम्म पुग्ने बाटो तीन वटै संरचना भत्केपछि भने निजी कम्पनीलाई समस्या परेको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रबन्धक तुलसी पोखरेलले यसको मर्मतका लागि स्रोत व्यवस्थापनको प्रक्रिया थालिएको जानकारी दिनुभयो । उहाँले रेलवे बोर्डबाट हस्तान्तरणको काम केही बाँकी रहेकाले अन्योल भएको बताउनुभयो । उहाँले दुई वटा कम्पनी गाभिने कुराले पछिल्लो समय केही समय व्यतित भए पनि यार्ड मर्मत गर्ने विषयमा प्रारम्भिक छलफल सोमबार नै भइसकेको बताउनुभयो । पोखरेलले भन्नुभयो, “सङ्घीय संसद्, पूर्वाधार विकास समितिका सभापतिको निर्देशनलाई मनन गरेर अगाडिको मर्मत प्रक्रियामा जान्छौँ ।”

Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर