
काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि भई २ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।
त्यसैगरी आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुन चाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

Views: 57
