
काठमाडौं – नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।

पदाधिकारीलगायत विभिन्न पदका उम्मेदवारको दाबी विरोधको काम चलिरहेकै बेला वर्षा भएपछि केही प्रभावित भएको हो ।
निर्वाचनस्थल र बन्दसत्रस्थलमा भएका प्रतिनिधिहरु र समर्थकहरु वर्षाले तितरवितर भएका छन् ।

निर्वाचन समितिले आज बिहानै प्रारम्भिक नामावली सार्वजनिक गरेपछि केही समयअघि मात्रै दाबी विरोध सुरु भएको थियो भने बन्द सत्र अझै सुरु हुन सकेको छैन ।
आज बन्दसत्रबाट प्रतिवेदन पारित गर्ने कार्यतालिका रहेको छ । यसका साथै निर्वाचन प्रक्रिया पूरा गर्ने र बिहीबार हुने मतदानको तयारी गर्ने कार्यतालिका छन् ।
यो महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी चयन हुँदैछन् ।

Views: 31
