
काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज असोज २१ गतेदेखि २३ गतेसम्म देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको भन्दै धान नकाट्न आग्रह गरेको छ। प्राधिकरणले विशेषगरी मधेस प्रदेश बाहेकका स्थानका बासिन्दालाई तीन दिन धान नकाट्न आग्रह गरेको छ।

प्राधिकरणले भनेको छ,‘आज असोज २१ गतेदेखि पर्सी २३ गतेसम्म देशका अधिकांश स्थानमा पानी पर्ने संभावना छ,विशेषगरि मधेस प्रदेश बाहेकका स्थानका बासिन्दाले धानबाली भित्र्याउने तरखरमा हुनुहुन्छ भने यो तीन दिन धान नकाट्नु होला।’
प्राधिकरणले खोला\खहरेहरुमा अकस्मात बाढी आउन सक्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ।


Views: 30
