Aamsanchar

आइसिसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६ स्थानमा उक्लियो

Author Image
बिहिवार, असोज २२, २०८३

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको आइसिसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६ स्थानमा उक्लिएको छ। पुरुष एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको हो।

नेपालले ३३ खेलमा ९३९ अंकसहित २८ रेटिङ प्राप्त गरेको छ। नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ। त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ।

एकदिवसीय विश्व वरियतामा भारत शीर्ष स्थानमा रहँदा न्यूजील्याण्ड दोस्रो स्थानमा छ। त्यसैगरी दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ भने अष्ट्रेलिया चौथो तथा पाकिस्तान पाँचौँ स्थानमा छन्।

Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर