बिर्तामोड । पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभिएस चढ्न चाहने ग्राहकलाई लक्षित गर्दै झापाको बिर्तामोडमा ‘अचम्मैको डिल’ योजना पुनः सुरु गरिएको छ। पाथिभरा अटो लिंकले सञ्चालनमा ल्याएको यो योजना असोज ३१ गतेसम्म जारी रहनेछ।
योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरेर नयाँ टिभिएस मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्नेछन्।

‘यो चाडपर्व टिभिएसको साथमा, भाग्यको चाबी तपाईंको हातमा’ भन्ने नारासहित ल्याइएको योजनामा सवारीसाधन खरिद गर्ने ग्राहकका लागि विभिन्न उपहार तथा छुटको व्यवस्था गरिएको पाथिभरा अटो लिंकले जनाएको छ।
कम्पनीका अनुसार योजनामा १० लाख रुपैयाँसम्म नगद छुट, सुनको चाबी वा शतप्रतिशत क्यासब्याकमध्ये एक उपहार पाउने व्यवस्था छ। यस्तै, दैनिक लक्की ड्रमार्फत दुई जना ग्राहकले कम्तीमा पाँच वर्षको निःशुल्क सर्भिसिङ सुविधा प्राप्त गर्नेछन्।

नयाँ सवारीसाधन खरिदका लागि नागरिकता वा सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० का आधारमा फाइनान्स सुविधा उपलब्ध गराइने र ग्राहकलाई निःशुल्क हेल्मेटसमेत प्रदान गरिने जनाइएको छ।
बिर्तामोडको पश्चिम बस स्ट्यान्ड छेउमा रहेको पाथिभरा अटो लिंकमा उपलब्ध यो योजनाले चाडपर्वका बेला नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गरेको छ।
योजना असोज ३१ गतेसम्म मात्र सञ्चालन हुने भएकाले इच्छुक ग्राहकले उक्त अवधिभित्रै सुविधा लिन सक्नेछन्।

