Aamsanchar

रोहितको शतकमा क्यानडालाई नेपालको २३६ रनको लक्ष्य

Author Image
आइतवार, असोज २५, २०८३

काठमाडौं  – नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भइरहेको ओडीआई शृङ्खलाको आफ्नो पहिलो खेलमा क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ।

ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाउन सक्यो।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक १०१ रन बनाउँदा ४८ रन बनाए। बसिर अहमदले ३० रन बनाउँदा अर्जुन कुमालले २३ रन बनाए।

अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। क्यानडाका लागि अखिल कुमारले ४ विकेट लिए भने सुख्जिन्दर सिंहले ३ विकेट लिँदा जहिर शिर्जादले २ विकेट लिए।

लिग २ अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अंकसहित सातौं स्थानमा छ भने क्यानडा ३३ खेलबाट २५ अंकसहित छैटौंमा छ।

Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर