Aamsanchar

बाढीबाट प्रभावितहरूको उद्धारमा जुट्न रवि लामिछानेको निर्देशन

Author Image
आइतवार, असोज २५, २०८३

काठमाडौं  –  राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरुलाई बाढीबाट प्रभावितहरूको उद्धारमा जुट्न निर्देशन दिएको छ ।

रास्वपा सभापति रवि लामिछानेले ब्रबूढीगण्डकीमा आएको बाढीबाट प्रभावित भएकाहरूको उद्धारमा जुट्न पार्टी सदस्यहरूलाई निर्देशन दिएका हुन् ।लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा प्रभावित नागिरकहरुको तत्काल उद्धारमा सरकार सक्रिय रूपमा लागेको बताउँदै पार्टीका सदस्यहरूलाई समेत राहत तथा आवश्यक सहयोग गर्न भनेका हुन् ।

“आज बिहान बूढीगण्डकी नदीमा आएको अकल्पनीय बाढीले गोरखाको चुम्नुब्री क्षेत्रमा व्यापक क्षति पुर्‍याएको र न्याक्चेत–फिलिम, धादिङ–गोरखा जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ। सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न म अपिल पनि गर्दछु,ुु उनको आग्रह छ ।

स्थानीय निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा खटिन उनले कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर