Aamsanchar

आफ्नै साथीले नजिक आएर छु*रा हाने, जति प्र*हार भए पनि ढल्दिनँ : ओली

Author Image
आइतवार, असोज २५, २०८३

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै सहकर्मीबाट धोका पाएको टिप्पणी गरेका छन् ।

आइतबार कोटेश्वरमा आयोजित मिसन जागरण अभियान तथा युवा कार्यकर्ता भेलामा उनले साथीहरूले नै आफूलाई धोका दिएको बताए । “एउटा अर्जुनले हानेको होइन कति अर्जुनले हाने–हाने । यसो हेर्‍यो आफ्नै साथी जस्तो छ ठ्याक्कै । नजिकै आउँछ, कमरेड भन्छ, ग्याम्म छुरी हान्छ । यो पनि देखियो,” ओलीले भने ।

जति प्रहार भए पनि आफू नढल्ने दाबी गरे । “भीष्म पितामह शय्यामा ढलेका थिए, धेरै बुढो भइसकेका थिए । म त्यति बुढो भएको छैन, ढल्दिनँ, जति हाने पनि ढल्दिनँ,” उनले भने ।

५७ वर्षअघि आन्दोलनको पुनर्गठन, एकीकरण, क्रान्तिकारी आन्दोलन थालेको ओलीले सुनाए । “पञ्चायत फाल्ने, राजतन्त्र ढाल्ने र त्यसपछि समाजवादमा पुग्ने भन्ने त्यतिबेलाको उद्देश्य थियो । म जिउँदो हुँदाहुँदै राजतन्त्र ढालिएको छ, पञ्चायत फालिएको छ ,” उनले भने।

विगतमा पनि आफूलाई ज्यानमारा भनेर राज्यले झुटा मुद्दा लगाएको उनले बताए । “राज्यले अहिले मात्रै ज्यानमारा भनेको होइन त , उसबेला पनि ज्यानमारा, डाँका मुद्धै ती थिए ,” उनले भने, “ १४ वर्ष म कुनै राजनीतिक बन्दी भएर बस्न पाएको थिइनँ । ज्यानमारा डाँका भएर बस्नुपरेको थियो । गोलघरमा हालेको थियो । हतकडी लगाएर ।”

आफूले सधैँ देश र विश्व शान्तिका लागि काम गरेको उनको जिकिर छ ।

Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर