
काठमाडौं – काठमाडौंमा जुवा (कौडा)खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–१ का ३९ वर्षीय वीरबहादुर तामाङसहितका व्यक्तिहरू छन् ।

गोकर्णेश्वर–१, ओख्रेनीबाट आइतबार (असोज २५) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद पाँच लाख ५२ हजार ३०० रुपैयाँ र ६३ थान कौडासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


Views: 27
