Aamsanchar

बिर्तामोडमा एक्सपर्ट एजुकेसनको कार्यालय स्थानान्तरण

Author Image
सोमवार, असोज २६, २०८३

बिर्तामोड । झापाको बिर्तामोड–४ भद्रपुर रोडमा सञ्चालन हुँदै आएको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिले कार्यालय स्थानान्तरण गरेको छ। प्रालिले घटस्थापनाको अवसर पारेर बिर्तामोडस्थित हनुमान सेन्ट्रलको तेस्रो तलाबाट सेवा सुरु गरेको हो।

२०७२ साल असोज २६ गतेदेखि बिर्तामोडमा सञ्चालनमा रहेको संस्थाले कार्यालय स्थानान्तरण गर्नुको कारण सेवाग्राहीको पहुँच सहज बनाउनु र सेवा प्रवाहलाई व्यवस्थित गर्नु रहेको जनाएको छ। संस्थाका प्रमुख कृष्ण खतिवडाका अनुसार व्यावसायिक गतिविधि विस्तार गर्ने उद्देश्यसमेत कार्यालय सार्नुको कारण हो।

प्रालिले अस्ट्रेलिया, क्यानडा, अमेरिका र न्युजिल्यान्डलगायतका देशमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीलाई शैक्षिक परामर्श तथा विदेश अध्ययन प्रक्रियासम्बन्धी सहजीकरण गर्दै आएको छ। पछिल्लो समय थाइल्यान्ड र जर्मनीका लागि पनि सेवा विस्तार गरिएको संस्थाले जनाएको छ।

नयाँ कार्यालयबाट सेवा सुरु गरेको अवसरमा संस्थाले आईईएलटीएस र पीटीई तयारी कक्षामा एक सातासम्म ७० प्रतिशत छुट दिने घोषणा गरेको छ। यो छुट नयाँ कार्यालय सञ्चालनसँगै ल्याइएको संस्थाको योजना हो।

संस्थाका अनुसार एक्सपर्ट एजुकेसनको सेवा २४ देशमा विस्तार भएको छ भने नेपालभर ९० वटा शाखामार्फत सेवा प्रदान गरिँदै आएको छ।

कार्यालय स्थानान्तरणसँगै संस्थाले शैक्षिक परामर्श र भाषा तयारीसम्बन्धी सेवा नयाँ स्थानबाट सञ्चालन गर्नेछ।

Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर