Aamsanchar

बिर्तामोडमा असोज ३० गते ‘जमरा एण्ड द बिट्स’ सांगीतिक कार्यक्रम हुने

Author Image
मङ्गलवार, असोज २७, २०८३

बिर्तामोड । नेपालीहरूको महान् चाड बडादशैँको अवसरमा झापाको बिर्तामोडमा वृहत् सांगीतिक कार्यक्रम ‘जमरा एन्ड द बिट्स’ आयोजना हुने भएको छ।

डिजि भेन्टस को आयोजनामा भाटभटेनी सुपरमार्केटदेखि उत्तरतर्फ पञ्चकन्या प्लानिङ नजिक कार्यक्रम आयोजना गर्ने तयारी गरिएको हो। असोज ३० गते हुने कार्यक्रममा युवापुस्तामाझ लोकप्रिय नेपाली सांगीतिक ब्याण्डहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका जीवन भण्डारीले जानकारी दिएका छन्। कार्यक्रमबारे जानकारी दिन आज आयोजित पत्रकार भेटघाटमा भण्डारीले तयारीलाई तीव्रता दिइएको बताए।

कार्यक्रममा चर्चित र्‍यापर जेमसी, द फिरन्ते र केहर द लुङ्गा लगायतका ब्याण्डले आफ्ना सांगीतिक प्रस्तुति दिने जनाइएको छ। कार्यक्रममार्फत दसैँको उत्सवलाई सांगीतिक माहोलसँग जोड्दै युवापुस्तालाई मनोरञ्जन प्रदान गर्ने आयोजकको तयारी छ।

 

Views: 23

प्रतिक्रिया (०)