
रौतहट- करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधीमाई नगरपालिका–४, इनर्बारी टोल बस्ने १९ वर्षीय अर्जुनप्रसाद जैसवाल छन् । उनको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको हो ।

आफ्नै घरको छतमा झिलिमिलि बत्ती लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



Views: 13
