Aamsanchar

काठमान्डु गोर्खाजमा अनुबन्ध भएका भारतीय क्रिकेटर भरतले एनपीएल नखेल्ने

Author Image
बुधवार, कार्तिक १८, २०८३

काठमाडौंः काठमान्डु गोर्खाजमा अनुबन्ध भएका भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नआउने भएका छन्। यो जानकारी काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत दिएको हो।

काठमान्डु गोर्खाजले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘व्यस्तताका कारण के।एस।भरत यस सिजनमा हामीसँग जोडिने छैनन्। हामी उनको उज्ज्वल भविष्यको कामना गर्दछौं।’

३२ वर्षीय भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए। उनले भारतका लागि टेस्ट क्रिकेट खेलिसकेका छन्। भरतले टी–२० क्रिकेटमा ९१ खेल खेल्दै १ हजार ८ सयभन्दा बढी रन बनाएका छन्। विकेटकिपिङसँगै मध्यक्रममा उपयोगी ब्याटिङ गर्नसक्ने भरत सन् २०२४ को आईपीएल उपाधि जितेको कोलकाता नाइट राइडर्स टोलीबाट खेलेका थिए।

काठमाडौं गोर्खाजले उनलाई एनपीएल तेस्रो सिजनका लागि टोलीमा अनुबन्ध गरेको जानकारी भदौको पहिलो साता नै दिएको थियो।

Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर