
काठमाडौँ – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)डा.मनोज केसीलाई आजै दर्ज्यानी चिह्न प्रदान गरिने भएको छ । ३४औँ आईजीपी केसीलाई बुधबार साँझ दर्ज्यानी चिन्ह प्रदान गरिने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए ।
आईजीपी केसीलाई गृह मन्त्रालयमा आयोजित समारोहमा करिब साढे ५ बजे फुली लगाउने कार्यक्रम तय गरिएको छ । गृह सचिव केदारनाथ शर्माले उनलाई फुली लगाइदिनेछन् ।
मन्त्रिपरिषद्ले दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेसँगै केसी नयाँ प्रहरी प्रमुख नियुक्त भएका हुन् । डा। केसी १७ महिना प्रहरीको नेतृत्वमा रहन्छन् ।



Views: 42
